युक्रेनी नागरिकको गुहारः रुसी सेनाले हामीलाई बमले खरानी बनाउनेछन्

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ५६


किभ। रुसले लगातार ७ दिनयता युक्रेनमा आक्रमण जारी राखेको छ।

यतिबेला राजधानी किभ नजिकैको खारकिभ कब्जा गर्ने हिसाबले रुसी सेनाले पूर्ण क्षमताका साथ आक्रमण गरिरहेको बीबीसीले जनाएको छ।

खबरअनुसार रुसी सेनाका पाराट्रुपर्स आकाशबाट झर्न थालेका छन्। प्याराग्लाइडिङ गर्दै पाराट्रुपर्स हतियारसहित खारकिभ अवतरण गरिरहेको जनाइएको छ।

त्रसित छन् खारकिभका बासिन्दा
रुसले क्षेप्यास्त्र र बमहरु खसाइरहँदा त्यहाँका स्थानीयहरु आफ्नो ज्यान जाने चिन्तामा छन्।

ग्लिब मजेपास नाम गरेका खारकिभका युक्रेनी नागरिकका अनुसार खारकिभमा सबै मानिसहरुमाथि रुसी सेनाले बम आक्रमण गरिरहेका छन्।

उनी भन्छन्,‘लगातार बमको आवाज आइरहेको छ। रुसी सेनाहरूले हामीलाई बमले खरानी बनाउनेछन्।’

रुसी खतराबाट बचाउन उनले नेटोलाई आग्रह पनि गरेका छन्। उनी भन्छन्,‘कृपया रुसी मिसाइल र रुसी विमानका लागि आकाश बन्द गर्नुहोस्। किनभने तिनीहरूले पूरै सहरलाई बमले खरानी बनाइदिनेछन्।’

आजको रुसी कारवाहीमा खारकिभमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्। स्थानीयका अनुसार रुसी सेनाले आवासीय क्षेत्रहरुमै आक्रमण गरेका छन्।

आफ्नी श्रीमतीले माइक्रोवेभमा खानेकुरा राख्दा आउने ध्वनी पनि आफूलाई बमजस्तो लाग्न थालेको मजेपासको भनाइ छ। बीबीसी

यो पनिः

-नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु…

-युरोपकै सबैभन्दा कमजोर राष्ट्रपति ठहरिए हाँस्य कलाकार जेलेन्स्की!

-‘अमेरिकाले युक्रेनमा सेना पठाए तेस्रो विश्व युद्ध सुरु हुनेछ’

–कस्तो अवस्थामा रुसले परमाणु हतियार प्रयोग गर्नसक्छ?

-रुससँग हान्नका लागि तयारी अवस्थामा छन् १६ सय परमाणु अस्त्र, कोसँग कति छ?

-रुसले युक्रेन कब्जा गर्ला, तर के युक्रेनका नागरिकले पुटिनको शासन स्वीकार गर्लान्?


प्रतिक्रिया दिनुहोस्