महिनावारीको समयमा हुने भेदभाव विरुद्ध नेपाली सुन्दरीहरू

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ११ : ४३


काठमाडौं । महिनावारीको समयमा हुने भेदभाव बिरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ ।

शनिवार भृकुटीमण्डपको बगैचामा पुर्वनेपाल सुन्दरीहरुको समुहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् ।

महिनावारीको समयमा परिवार समाजमा हुनेभेदभाव, बिद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पुर्व नेपाल सुन्दरी सुगारिका केसीले बताउनु भयो ।

कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका बिद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र ब्यबस्थित शौचालय बनाउने पनि केसीले बताउनु भयो ।

पूर्व नेपाल सुन्दरीहरुको समुहले मितिनी नामको गैर सरकारी संस्था सँग मिलेर देश भरि अभियान संचालन पनि गर्ने भएको छ ।

अभियानमा स्थानीय क्लब तथा आमा समुहलाई समेटेर महिनावारीको समयमा हुने भेदभाव हटाउन जनचेतनामुलक काम गर्ने पुर्व नेपाल सुन्दरी माल्विका सुब्बाले जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्