कपिलवस्तुमा एक युवकको विभत्स हत्या

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ११ : ४२


कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा एक युवकको हत्या भएको छ । 

बुद्धभूमि नगरपालिका वडा नं २ गोरुसिंगेमा आफ्नै घरमा धनराज पौडेलको हत्या भएको हो । पौडेल कोठामा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार पौडेलको घाँटी, टाउँको र शरीरका अन्य विभिन्न स्थानमा गम्भिर चोट छ । उनी अर्घाखाँचीबाट बसाईसरेर गोरुसिंगे आएका हुन् ।

उनी मंसिर १३ गतेदेखि हराएका थिए । उनी हराएको भन्ने सुचनाको आधारमा प्रहरीले खोजविन गर्दा कोठामा मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार साँझ मात्र प्रहरीले उनको शव भेटाएको थियो । उनलाई धारिलो हरियारको प्रयोग गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्