संसद भवन अगाडी शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : ०९


काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षका सुवास महत रहेको प्रहरीले जनाएको छ ।

अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेका महतलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्