रोल्पा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको प्रभाव रहेको रोल्पाको थवाङ गाउँपालिका १ मा जम्मा २०५ मत खसेको छ ।
शनिवार भएको निर्वाचनमा सत्तारुढ नेकपा र प्रतिपक्षी काँग्रेसका कार्यकर्ताले मात्र मतदान गरेका हुन् ।
वडा अध्यक्ष पदको लागि बिहानदेखि जारी मतदानमा न्युन उपस्थिती छ ।
कुलमतदाता १२ सय ७४ रहेकोमा २ सय ५ मत मात्र खसेको छ ।
वडाध्यक्षको लागि सत्ताधारी नेकपाको तर्फबाट जनकबहादुर बुढा र नेपाली कांग्रेसबाट कलम रोका उम्मेदवार छन् ।
विद्रोही नेकपाले चुनाव बहिष्कार गर्न अपील गरेको थियो ।