संगीतमा फर्किए नितेश जंग, ल्याए अंग्रेजी भाषको ‘ओम नम शिवाय’ (भिडिओ)

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : १५


काठमाडौंं। नेपाली युवा पुस्ता माझ चर्चित गायक नितेश जंग कुँवर संगीतमा फेरि फर्किएका छन्।

यसअघि उनले आफ्नो यात्रा टुंगिएको भन्दै सामाजिक संजालमा स्टाटस पोस्ट गरेपछि उनले संगीत छाडेको भनेर सबैले अनुमान लगाएका थिए।

यद्यपी अहिले उनले नेपाली गीतभन्दा अंग्रेजी गीतलाई प्राथमिकता दिनाले उनको नयाँ यात्रा अंग्रेजी संगीततर्फ अगाडि बढेको बुझिएको छ।

हिजोमात्र एनजेके भाइब्स च्यानलमा उनको अंग्रेजी भाषको गीत ‘ओम नव शिवाय’ सार्वजनिक भएको छ। नितेशको पुनःआगमनले उनका फ्यानहरु खुशी भएका छन्।

यसअघि उनले ‘रिबर्थ’ बोलको अंग्रेजी गीत गाइसकेका छन् जहाँ युनिक पोयटले र्याप हानेका छन्।

यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोला खोली तिरैतिर, फ्लर्टी माया, आस्मा, निस्ठुरी मोरी, बुझेउ हैन कुरा उनका चर्चित गीतहरु हुन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्