एफए कपः सिटी क्वाटरफाइनल पुग्दा टोटनहम बाहिरियो

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : २६


काठमाडौं । च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १–१ गोल गरे । राति नै भएको अर्को खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० अन्तरले पराजित हुँदै टोटेनहम एफए कपको प्रि(क्वाटरफाइनलबाट बाहिरिएको छ ।

टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।


प्रतिक्रिया दिनुहोस्