एजेन्सी । पैसा लिएर जमिन नदिने ब्रोकरमाथि महिला जाइलागेकी छिन्। पैसा लगेर जमिन नदिएको भन्दै सार्वजनिक स्थलमै महिलाले ब्रोकरलाई लखेटी लखेटी कुटपित गरेकी हुन्। घटना भारतको कोयलांचल नामबाट चर्चित खारखण्डको धनबाद भन्ने स्थानको हो। आफूसँग पैसा लिएर जमिन नदिएको भन्दै त्यहाँकी महिलाले ब्रोकरलाई लात्तैलात्ताले र चप्पलै चप्पलले कुटेकी हुन्।
महिलाका अनुसार ब्रोकरसँग ४ लाख रुपैयाँमा जमिन किन्ने सम्झौता भएको थियो। जसमा २ लाख रुपैयाँ नगद र २ लाख रुपैयाँ चेकबाट पैसा दिने सहमति भएको थियो। तर ब्रोकरले २ लाख रुपैयाँ नगद लगेर पनि उनलाई जमिन दिएनन्।
महिलाका अनुसार ४ वर्षअघि लक्ष्मी विश्वकर्मा नामको जमिन दिने भन्दै ब्रोकले उनीसँग २ लाख रुपैयाँ लगेका थिए। तर ब्रोकरले यतिका वर्षसम्म जमिन दिलाउन सकेनन्।
ब्रोकरले जमिन दिनुको साटो समय अगावै बैँकमा चेक जम्मा गराए र त्यो बाउन्सर चेक भएको भन्दै उल्टै महिलाका विरुद्ध चौकीमा मुद्दा दर्ता गराए।
महिलाले अचानक ब्रोकरलाई बजारमा देखेपछि रिस थाम्न सकिनन् र सार्वजनिक स्थलमै लात्तैलात्ताले र चप्पलै चप्पलले कुटपिट गर्न थालिन्। त्यसति पनि चित्त नबुझेपछि महिलाले ब्रोकरलाई लखेटी लखेटी कुटपिट गरिन्।