ललितपुरमा साइकल यात्रुको लागि छुट्टै लेन

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ५४


ललितपुर । ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ ।

शनिवार  महानगरपालिकाले  एक कार्यक्रमका बीच  कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन व्यवस्था गरेको बताएको छ ।

चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगर पालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताउनु भयो ।

साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको पनि बताउनु भयो । 

अहिले महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको बताएको छ ।

अहिले व्यवस्था गरिएको साइकल लेनमा अन्य सवारी साधन सँग मिलेर चलाउनु पर्ने हुन्छ । 


प्रतिक्रिया दिनुहोस्