महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ५४


बैतडी । दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो। 

दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान  भने जारी रहेको जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस्