प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभकामना दिन वेवसाइटबाटै सकिने

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ००


काठमाडौं । विगत ४ दिन देखि महाराजगन्ज स्थित अस्पतालमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ।

उहाँको निजी सचिवालयले केपी शर्मा ओली डटकमडटएनपीमा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने जनाएको छ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकोले वेवसाइटबाट आफ्ना भावना प्रकट गर्न सकिने उहाँको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्