टुँडिखेलमा मनाईंयो सेना दिवस (फोटोफिचर)

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ५३


काठमाडौं । नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस’ मनाएको छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमखि अतिथि रहेकी थिइन् ।

सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन्। नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो।

सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्री तथा सेना दिवस –२०७८’ लेखिएको व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएको थियो।

टुँडिखेलमा सेनाले राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरेको थियो।

टुँडिखेलमा विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्चार तथा हवाई सुरक्षा सम्बन्धी विभिन्न हात÷हतियार, भेहिकल तथा उपकरण र विभिन्न संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो।

समारोहमा राष्ट्रपतिले ‘सिपाही बार्षिक–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाल आर्मी’ नामक पुस्तकको विमोचन गरेकी थिइन्।

‘महाशिवरात्री तथा सेना दिवस–२०७८’ को अवसरमा बहालवाला रथी ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना, अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरि जम्मा ७१५ जनालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्