टाइम फिक्स गरेको अवस्थामा भेटियो सर्लाही मतदान केन्द्र नजिकै बम

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ५९


सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र नजिकै बम फेला परेको छ। उप–निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि उक्त बम राखिएको हुन सक्ने प्रहरीको अनुमान छ। 

मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा विस्फोटक पदार्थ राखिएको थियो। 

अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मोबाइलमा ८ः०५ को समयपनि निर्धारण गरिएको थियो। 

फेला परेको अम्खोरामा पि ए के विस्फोटक पदार्थ भरिएको थियो। विस्फोट हुनुभन्दा अगाडीनै जानकारी पाएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। 


प्रतिक्रिया दिनुहोस्