‘रुसले आवासीय क्षेत्रमै क्षेप्यास्त्र हान्न थाल्यो’

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ३९


किभ। रुसले युक्रेनमाथि आक्रमण थालेको आज ६ दिन भइसकेको छ।

युक्रेनले पनि रुसी सेनाविरुद्ध जवाफी कारवाही गरिरहेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस सामु नझुक्ने बताएका छन्।

यस्तो अवस्थामा आज युक्रेनको खारकिभमा रुसी सेनाले क्षेप्यास्त्र र बम प्रहार गरिरहेको छ।

खारकिभका गभर्नर ओलेह सिनेहुबोवका अनुसार रुसी हवाई आक्रमणले आवासीय क्षेत्रमा क्षति पुर्याएको छ।

रुसी क्षेप्यास्त्र एक आवासीय भवनमा खस्दा ९ जनाको मृत्यु भएको पनि उनले जानकारी दिएका छन्। मृत्यु हुनेमा ३ बालबालिका पनि छन्।

सर्वसाधारणलाई आक्रमण गरेर रुसले युद्ध अपराध गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

खारकिभमै रुसी आक्रमणमा परेर एक भारतीयको पनि ज्यान गएको छ। बीबीसी

Kharkiv's Freedom Square Struck by Missile


प्रतिक्रिया दिनुहोस्