दिल्ली। रुस र युक्रेनबीच जारी द्वन्द्वका क्रममा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ।
भारतले खारकिभमा भएको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ।
आज मंगलबार खारकिभ क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेका थिए। सो क्रममा शक्तिशाली बमहरु आवासीय क्षेत्रमा खसाइएको थियो।
With profound sorrow we confirm that an Indian student lost his life in shelling in Kharkiv this morning. The Ministry is in touch with his family.
We convey our deepest condolences to the family.
— Arindam Bagchi (@MEAIndia) March 1, 2022
सोही आक्रमणमा ती भारतीय नागरिक मारिएको डेली मेलले पनि उल्लेख गरेको छ।
यस्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खारकिभमा भएको आक्रमणमा युद्ध अपराध भएको बताएका छन्।
रुसी सेनाले आवासीय क्षेत्रलाई निशाना बनाउनु नरसंहार भएको उनको भनाइ छ। सो आक्रमणमा ९ जनाको मृत्यु भएको जानकारी आएको छ। जसमा ३ बालबालिका पनि छन्।
Barbaric Russian missile strikes on the central Freedom Square and residential districts of Kharkiv. Putin is unable to break Ukraine down. He commits more war crimes out of fury, murders innocent civilians. The world can and must do more. INCREASE PRESSURE, ISOLATE RUSSIA FULLY! pic.twitter.com/tN4VHF1A9n
— Dmytro Kuleba (@DmytroKuleba) March 1, 2022