एमसीसी पास भएपछि बल्ल बोले ओली, भन्छन्-‘व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन’

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ०३


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसदले पास गरेको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन्।

प्रतिनिधि सभाबाट एमसीसी पास भएको दुई दिनपछि मंगलवार पार्टीका शीर्ष नेताहरूलाई सँगै राखेर ओलीले सरकारले संसदबाट पारित गराएको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नहुने बताएका हुन्।

‘एमसीसीलाई आईपीएसको अंग बनाइयो भन्ने हल्ला चलाइयो, सत्ता घटकका प्रमुख पार्टीका नेता (प्रचण्ड)को वक्तव्य सुन्यौँ, प्रदीप ज्ञवाली अमेरिका गएर एमसीसीलाई इण्डो प्यासिफिक स्ट्राटेजीकै अंग बनाइयो भनेर। अमेरिका भनिरहेको छ, आईपीएसको अंग होइन,’ ओलीले भने, ‘त्यो तथाकथित व्याख्याको कुनै अर्थ छैन। सहज र स्वस्थ ढंगले विकास परियोजनाको रुपमा नभई द्वन्द्व सिर्जना गर्न खोज्ने काम भयो।’

बर्तमान सरकार परमादेशको सरकार भन्दै जनादेशको सरकार गठन गर्नुपर्नेमा ओलीले जोड दिए।


प्रतिक्रिया दिनुहोस्