आफैलाई भोट हाल्न पाएनन् काँग्रेस उम्मेदवार खेमराज पौडेलले

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ४ : ५९


कास्की । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि मतदान जारी छ। 

यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा मतदान भइरहेको छ। यसै क्रममा कास्की २ का काँग्रेस उम्मेदवार खेमराज पौडेलले भने आफैलाई भोट हाल्न पाउनुभएको छैन्। 

उहाँको घर तथा मतदाता नामावली कास्की क्षेत्र नम्बर ३ मा पर्ने भएका कारण उहाँले आफैलाई भोट हाल्न पाउनुभएको हैन्।  तर उहाँका प्रतिस्पर्धी नेकपा उम्मेद्वार विद्या भट्टराईले भने मतदान गर्नुभएको छ। उहाँले आज बिहान कास्कीको शान्ती उदय माविमा रहेको मतदान केन्द्रमा पुगेर आफैलाई भोट हाल्नुभएको हो। 


प्रतिक्रिया दिनुहोस्