तस्बिर र भिडिओमा हेर्नुहोस् रुसले ध्वस्त बनाएको युक्रेनी सैन्य अड्डा जहाँ ७० सेना मारिए!

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १२ : ३८


किभ। रुसले आइतबार गरेको हवाई आक्रमणमा एकैपटक ७० युक्रेनी सेनाको मृत्यु भएको पुष्टि भएको छ।

युक्रेनी अधिकारीहरुले रुसले युक्रेनी सेनाको अड्डामै आक्रमण गरेपछि धेरै युक्रेनी सेनाको एकैपटक ज्यान गएको मंगलबार जानकारी दिएका हुन्।

बीबीसीका अनुसार रुसी सेनाको क्षेप्यास्त्र प्रहारमा धेरै युक्रेनी सेनाको ज्यान गएको हुनसक्छ।

युक्रेन सरकारले रुसी क्षेप्यास्त्र आक्रमणमा ज्यान गएको विषयमा कुनै जानकारी दिएको छैन।

भिडिओ

यद्यपी रुसले क्रुज क्षेप्यास्त्र हानेका भिडिओहरु भने सार्वजनिक भएका छन्।

खबरअनुसार आईतबार रुसी हवाई हमलामा ओकतर्का सैन्य अड्डा ध्वस्त बनेको थियो। सार्वजनिक तस्बिरहरुमा सैन्य अड्डा ध्वस्त बनेको देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्