एनएसएल दोस्रो संस्करण: २४२ खेलाडी अक्सनमा

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १२ : २७


काठमाडौं । चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् ।

शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले तीन क्याटागोरीमा छुट्याएको छ ।

जसमध्ये क्याटागोरी ‘ए’ मा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ मा समान एक सय एक खेलाडी छन् । एनएसएलको दोस्रो संस्करण चैत २६ गतेदेखि ८ वैशाखसम्म हुने तालिका छ ।

आयोजकले यस संस्करणमा तीन टोली थप गर्दै सहभागी क्लब संख्या १० पुर्‍याएको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा सात टोलीको सहभागिता थियो । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र विरगंंज युनाइटेड थपिएका हुन् ।

गत सिजन विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए । प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्