मलद्वारमा लुकाएर ल्याएका थिए विदेशी नागरिकले सुन, विमानस्थलबाट पक्राउ

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ४ : १७


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलबाट एक किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पासपोर्ट नम्बर इएफ ७९९७८८२ रहेका सा लुतुइ नाम गरेका विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।

तिब्बत एयरलाइन्सको उडानबाट काठमाडौँ आएका उनलाई शुक्रबार बेलुका ७ बजे विमानस्थलको आवागमनतर्फ वाक थ्रुमा चेकजाँचका क्रममा पक्राउ गरिएको थियो। चेकजाँचका क्रममा उनले मलद्वारमा लुकाइ राखेको सुन फेला परेपछि प्रहरीले पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस्