युक्रेनको राजधानीमा आक्रमण गर्न तयार छन् रुसी सेना, सैन्य सवारीको लाइन ६४ किलोमिटरसम्म

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ५१


किभ। युक्रेनको राजधानी किभमा आफ्नो पुरा शक्ति प्रयोग गरेर रुसले आक्रमण गर्ने योजना बनाएको देखिएको छ।

यसअघि हवाई कारवाही गर्दै आएको रुसले यतिबेला थल सेना किभ पठाएको पाइएको हो।

म्याक्सर टेक्नोलोजीको स्टाटेलाइटबाट खिचिएको तस्बिरअनुसार किभनजिकै ४० माइल लामो ‘६४ किमी’ रुसी सेनाका गाडीको लस्कर देखिएको छ।

सीएनएनका अनुसार किभभन्दा उत्तरतर्फको इभानकिभ सहर नजिकैबाट उक्त लस्कर सुरु भएको सार्वजनिक भएका तस्बिरहरुमा देखिएको छ।

रुसी सेनाका गाडीको लस्कर किभभन्दा करिब २७ किलोमिटर टाढा रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्