पल–समिक्षा प्रकरणमा रेखा थापा भन्छिन्ः २० वर्ष मुनिका छोरीहरु बालिका हुन्

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : २७


काठमाडौं। नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरणको विषयमा रेखा थापाले मुख खोलेकी छिन्।

कलाकारहरुले पलको पक्षमा धारणा राखिरहँदा रेखा थापाले भने समिक्षाको पक्ष लिएकी छन्।

समिक्षाले पलविरुद्ध प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लगाएकी छिन्। सोही विषयमा पल तनहुँ प्रहरीको हिरासतमा छन्। यो विषय अदालतमा जाने देखिएको छ।

यसबीचमा मानिसहरुले समिक्षा, दुर्गेस थापाले पललाई फसाउन खोजेको आरोप लागिरहेको छ।

यस्तोमा रेखा थापाले किशोरीलाई नैतिक मापदण्ड र हिलो छ्याप्ने काम नगर्न आग्रह गरेकी छिन्।

उनी घुमाउरो पारामा भन्छिन्,‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन्, बालिकाले कानुनत सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो, को सँग लभ छ? कति पटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ।’


प्रतिक्रिया दिनुहोस्