दाङमा बम बिस्फोट

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ३ : ००


दाङ । उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम विस्फोट गराइएको छ। 

निर्वाचन स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिस्फोटपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसनधान गरिरहेको बताइएको छ। बिस्फोटबाट कुनै क्षति भने भएको छैन् ।

दाङको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो। दाङमा क्षेत्र नम्वर ३ ख मा  प्रदेशसभा र  घोराही वडा नम्बर १६ आज मतदात हुँदैछ।
 


प्रतिक्रिया दिनुहोस्