कास्की । कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान सुरु भएको छ।
यसै क्रममा पोखरा १७ स्थित पार्दी मावि केन्द्रमा रहेको मतदान केन्द्रमा पुगेर ९७ बर्षीय टंककुमारी भण्डारीले मतदान गर्नुभएको छ। उहाँले छोरा अर्जुन भण्डारीको सहायतामा मतदान गर्नुभएको हो।
यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा मतदान जारी छ।