‘बन्द सफल’ भन्दै विप्लवले जारी गरे विज्ञप्ति, एमसीसी विरुद्ध संघर्ष जारी राख्ने

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : ०८


काठमाडौं । नेकपाका महासचिव विप्लव सहित ६ दल र २ मोर्चाले एमसीसीविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक र भव्य रूपले सफल भएको बताएका छन्।

सोमबार साँझ संयुक्त रूपमा जारी विज्ञप्तिमा कथित पारित भनिएको एमसीसी कम्प्याक्टका विरुद्धको आजको नेपाल बन्दको कार्यक्रम ऐतिहासिक, भव्य र सानदार रूपमा सफल भएको र उक्त सफलताका लागि खट्ने पार्टीका नेता, कार्यकर्ता, सङ्घर्षरत सबै तहतप्का र आमनेपाली जनसमुदायमा आभारसहित हार्दिक धन्यवाद व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्