सासु आमाको फोटोमा प्रियंकाको कमेन्टः के सारो हट होउ

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ५८


काठमाडौं। नेपालकी चर्चित नायिका हुन् प्रियंका कार्की। उनी बहुमुखी प्रतिभाकी धनी हुन्।

उनले अभिनयसँगै नृत्य राम्रो गर्छिन् भने गीत पनि राम्रो गाउँछिन्। हालै छोरी आयांकाको जन्मपछि उनी जीवन पूर्ण भएको महसुस गरिरहेकी छिन्।

उनले आफूमा भएको कलाको दायरलाई खेर जान दिएकी छैनन्। राम्रो खाना पकाउन जान्ने उनले युट्युबमा कार्यक्रम पनि चलाउँछिन्।

सामाजिक संजालमा सक्रिय भएकाले उनी सँधै चर्चामा आइरहने कलाकार हुन्। यस्तोमा उनी एकपटक पुनः चर्चामा आएकी छिन्।

सासु आमा रविना जोशीको फोटोमा कमेन्ट गरेपछि उनी चर्चामा आएकी हुन्। छुट्टी मनाउन विदेश गएका बेला रविना जोशीले सामाजिक संजालमा तस्बिर सार्वजनिक गरेकी छिन्।

जहाँ प्रियंका लेख्छिन्,‘के सारो हट होउ।’ यसबाट पनि बुझ्न सकिन्छ सासु आमा र उनको सम्बन्ध निकै सुमधुर छ।


प्रतिक्रिया दिनुहोस्