रुसी चेतावनी बाबजुद नेटोले युक्रेनलाई यी शक्तिशाली हतियार दिँदै…

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ३ : ३९


काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा नेटोले युक्रेनलाई हतियार प्रदान गर्ने भएको छ।

रुसले युक्रेनको विषय आन्तरिक भएकाले हस्तक्षेप नगर्न चेतावनी दिइरहँदा नेटोले किभलाई हतियार प्रदान गर्ने भएको हो। रुस नेटोको यस कार्यले रुष्ट हुने निश्चित छ।

किभ–युक्रेनी सेनालाई नेटोका सदस्य राष्ट्रहरुले वायु रक्षा मिसाइल र एन्टि ट्यांक हतियार उपलब्ध गराउने नेटोका महासचिव जनरल जिन्स स्टोलेटनवर्गले बताएका छन्।

अमेरिकी नेतृत्वको गठबन्धनले पनि युक्रेनलाई मानवीय र वित्तिय सहयोग प्रदान गरेको उनले बताएका छन्। सहयोगको बचन दिनुअघि महासचिव स्टोलेटनवर्गले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए। एजेन्सी

यो पनिः

-नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु…

-युरोपकै सबैभन्दा कमजोर राष्ट्रपति ठहरिए हाँस्य कलाकार जेलेन्स्की!

-‘अमेरिकाले युक्रेनमा सेना पठाए तेस्रो विश्व युद्ध सुरु हुनेछ’


प्रतिक्रिया दिनुहोस्