५ हजार रुसी सेना मारिए, हजारभन्दा बढी सैन्य अस्त्र ध्वस्त बनायौंः युक्रेन

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ३ : २८


किभ। रुसले युक्रेनमाथि आक्रमण थालेको आज पाँच दिन भइसकेको छ।

यसबीचमा आफ्नो जवाफी कारवाहीमा हालसम्म ५ हजार ३ सय रुसी सेना मारिएको युक्रेनले सोमबार जानकारी दिएको छ।

युक्रेनको रक्षा मन्त्रालयले फेसबुकमा दिएको जानकारी अनुसार ५ हजार ३ सय रुसी सेना मारिनुका साथै उनीहरुका १९१ ट्यांक, २९ लडाकु विमान, २९ हेलिकप्टर, ८१६ सवारी ध्वस्त बनाइएका छन्।

मन्त्रालयले रुसी आक्रमणमा भने हालसम्म १४ बालबालिकासहित ३५२ युक्रेनी नागरिकको मृत्यु भएको बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्