लण्डन ब्रिजमा अन्धाधुन्ध चक्कु प्रहार, प्रहरीले गर्यो फायरिंग

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ०९


लण्डन । बेलायतको लण्डन ब्रिजमा सडकमा हिडिँरहेका मानिसमाथि अज्ञात एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा केहि घाइते भएका छन् । 

बीबीसीका अनुसार अन्धाधुन्ध चक्कु प्रहार भएपछि प्रहरीले फायरिंग गरेको छ । प्रहरीको फायरिंगबाट अन्धाधुन्ध चक्कु प्रहार गर्ने व्यक्तिको मृत्यु भएको छ । 

घटनापछि बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले ट्विट गर्नु भएको छ ।  

यो भन्दा पहिले २०१७ मा लण्डन ब्रिजमै आइएसको हमला हुँदा ११ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्