काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले ३ स्थानमा नयाँ शाखा खोलेको छ।
बैंकले फागुन १५ गते रुपन्देही देवदह ८ मा, अर्घाखाँची सितगंगा २ मा, सितापुर र लमजुङ मध्यनेपाल ७ रामबजारमा शाखा शुरु गरेको हो।
रुपन्देही, सितापुर र लमजुङमा क्रमशः घनश्याम केसी, सचिन बोहोरा र निर्दोश घिमिरेलाई ब्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ।
उक्त शाखाहरुबाट बैंकको सम्पुर्ण सुविधाहरु पाईने बैंकले जानकारी दिएको छ।