मोबाइल वर्ल्ड कंग्रेसमा रियलमीले जिटी २ सिरीजको स्मार्टफोन सार्वजनिक गर्दै

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : ५४


काठमाडौँ। रियलमीले मोवाइल वर्ल्ड कँग्रेस एमडब्ल्यूसी २०२२ मा जिटी २ सिरीजको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।

गत महिनाको शुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन ८जिइएन१ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोनहरुमध्ये एक हो।

रियलमी जिटी २ प्रो युरोपको बजारमा स्नापड्रागन ८जिइएन१ ले चिनिने रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काइ लीलले जानकरी दिएका छन्।

रियलमी जिटी २ प्रोमा तीन विशेषता रहेको छ। जसमा बायो–पोलिमर ब्याककभर, १५० डिग्री अल्ट्रा वाइड क्यामेरा र ईनोभेसन फरवार्ड कम्युनिकेशन रहेको रियलमीका उपाध्यक्ष तथा रियलमी ईन्टरनेशनल बिजनेश ग्रुपका अध्यक्ष माधव शेठलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्