ब्राजिलका राष्ट्रपतिले जेलेन्स्कीको मजाक उडाए, भनेः हाँस्य कलाकारलाई देश सुम्पिएपछि यस्तै हुन्छ

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : २४


काठमाडौं। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको मजाक उडाएका छन्।

उनले युक्रेनी जनताले हाँस्य कलाकारलाई देशको राष्ट्रपति बनाएर देश उनको जिम्मामा दिनु नै मुख्य गल्ती भएको बताए।

सोही गल्तीका कारण रुस यक्रेनमा हाबी भएको उनको तर्क छ। बोल्सोनारोले आइतबार एक टेलिभिजन कार्यक्रममै जेलेन्स्कीको मजाक उडाएको बीबीसीले जनाएको छ।

उनले रुसले युक्रेनमा आक्रमण गरेको विषयमा आफ्नो देश तटस्थ रहेको उल्लेख गर्दै ब्राजिलले कसैको समर्थन नगर्ने पनि जनाए।

बोल्सोनारोले जेलेन्स्कीलाई हाँस्य कलाकार भनेपछि युक्रेन लगायत विश्वभरबाट उनको विरोध भएको छ।

जेलेन्स्कीले युक्रेन नछाड्ने बरु रुसी सेनासँग स्वदेशमै लड्ने अभिव्यक्ति दिएर देशप्रेम देखाइरहेका छन्।

बोल्सोनारो वास्तवमा आफैं विवादस्पद राष्ट्रपति हुन्। उनी कोरोनाविरुद्धको खोपको विरोध गर्दै हिँड्छन् र मास्क लगाउन मान्दैनन्।

उनको छवी ब्राजिलमा अत्यन्त्यै नराम्रो भइसकेको छ। त्यहाँका जनताले उनलायृ राष्ट्रपति भन्न पनि रुचाउँदैनन्।

यसअघि उनले फ्रान्सका राष्ट्रपतिको भन्दा आफ्नो श्रीमती राम्री भएको टिप्पणी गरेका थिए।

यो पनिः युरोपकै सबैभन्दा कमजोर राष्ट्रपति ठहरिए हाँस्य कलाकार जेलेन्स्की


प्रतिक्रिया दिनुहोस्