बानेश्वरस्थित संसद भवन अगाडि भेटियो शंकास्पद वस्तु

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ००


काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ । संसद भवन अगाडि सडकको बीचमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

उक्त वस्तुलाईनिष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइ मुख्य सडक बन्द गरिएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका थिए ।


प्रतिक्रिया दिनुहोस्