काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनले नेपाल संगको सम्बन्धलाई २+१ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टी ब्यक्त गर्नु भएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताउनु भयो ।
चिन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समजदारी कायम राख्नु पर्ने बताउनु भयो ।
२+१ को अर्थ दुई राष्ट्र सँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफुलाई चित्त नबुझेको बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष दहालले नेपालको द्रुततर विकाशमा त्रिदेशीय रणनीति आवश्यक रहेको औल्याउनु भएको छ । नेपाल चीन र भारतको ट्रान्जिट मात्र नभई बिकाश साझेदार रहेको बताउनु भयो ।
अध्यक्ष दाहलले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताउनु भयो ।