एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ: गगन थापा

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : २७


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन्। उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन्।

‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ। नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन्। म असली राष्ट्रवादी हो। देशका लागि मर्न तयार छु’, उनले भने।

प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिएका छन्।

उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन्। एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्