संसदबाट बहुमतले पास भयो एमसिसी सम्झौता

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ०३


काठमाडौं । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ।

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन्। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणा प्रस्ताव प्रस्तुत गरेका थिए। तत्पश्चात् प्रस्तावमाथि छलफल भएको थियो।

छलफलक्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले जनतामा घोषणा जाँदा समर्थन गर्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ।


प्रतिक्रिया दिनुहोस्