एमसीसी नेपाली स्वाधिनताको लडाइमा कलंक स्थापित हुने छ: भीम रावल

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ४४


काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्।

उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन्।

उनले यो भ्रामक घोषणा भएको बताएका छन्। उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका हुन्।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले नेपालको संविधानको मर्म विपरित भएको बताएका हुन्।

यसका साथै उनले एमसीसी माथि भएको सम्झौता पत्रलाई सम्झौता पत्र नभएर ठग पत्र भएको बताएका छन्।

उनले यो सम्झौता नेपाली स्वाधिनताको लडाइमा कलंकको रुपमा स्थापित हुने दाबी समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्