नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छः कार्की

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ४९


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा महत्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए।

उनले एमसीसीमाथिको नेपालको व्याख्यालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए।

अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिए यसलाई स्वीकार गर्ने बताए। मान्यता नदिए कसैको केही नलाग्ने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्