एमजीको नयाँ इलेक्ट्रिक गाडी ‘जेडएस’ सार्वजनिक, कति पर्छ मूल्य?

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ४५


काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस् इभि’ २०२२ सार्वजनिक गरेको छ।

आइतबार नक्साल स्थित शोरुममा एक कार्यक्रमका बीच सो गाडी सार्वजनिक गरिएको हो।

स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा यो गाडी उपलब्ध छ। नेपालमा स्ट्यान्डर्ड रेन्जको मुल्य ५१ लाख ९९ हजार र लङ्ग रेन्जको मुल्य ५९ लाख ९९ हजार तोकिएको कम्पनीले जानकारी दिएको छ।

सो गाडीमा ग्राहकले ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवर गरी दुइटा ब्याट्री प्याकको विकल्पहरू पाउन सक्छन्।

त्यस्तै अर्को ७२.६ वाडको ब्याट्री भएको पनि उपलब्ध हुन्छ। जसको रेन्ज ४४०किलो मिटर छ। यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ।

उक्त गाडीमा इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको कम्पनीले जानकारी दिएको छ।

उक्त गाडी जेडएसमा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ। यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ।

एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ।

यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा सहित विभिन्न सुविधाहरु रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्