अमेरिकी राष्ट्रपति अचानक किन पुगे अफगानिस्तान ?

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ०९


काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अचानक अफगानिस्तानमा पुगेका छन् । ‘थ्याङ्सगिभिङ होलिडे ‘को अवसरमा अमेरिकी सुरक्षाफौजसँग समय बिताउन ट्रम्प यहाँ पुगेका हुन् । बिहीबार साँझ अफगानिस्तानको बग्राम पुगेका ट्रम्प सुरक्षाफौजसँग साढे दुई घण्टा समय बिताएर फर्किएका हुन् ।

यस क्रममा उनको सुरक्षाका लागि कडा सुरक्षा नीति अपनाइएको थियो । तालिबानसँग वार्ता भंग भएको दुई महिनापछि ट्रम्पले अफगानिस्तान भ्रमण गरेका हुन् । अघिल्लो वर्ष ट्रम्प र उनकी पत्नी मेलानियाले गत वर्षको क्रिसमसको अवसर पारेर यसै गरी इराक भ्रमण गरेका थिए । उनीहरुले गत वर्षको क्रिसमस नाइटुमा द्वन्द्वग्रस्त क्षेत्रको भ्रमण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्