बलात्कारको अभियोगमा सिद्धबाबा पक्राउ

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ४६


सुनसरी । बलात्कारको आरोप लागेका एक साधु पक्राउ परेका छन् । 

सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई शुक्रबार विराटनगरबाट पक्राउ गरिएको हो । 

बलात्कार आरोपको खबर बाहिरिएसँगै आश्रम छोडेर हिँडेका उनलाई विराटनगर बाट प्रकाउ गरिएको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। 

गिरीमाथि कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । महिलाले बलात्रको उजुरी दिँदा प्रहरीले नलिएको भन्दै आलोचना भएको थियो । 

महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छन । 

प्रहरीले सिद्धबाबाकै प्रभावमा परेर  जाहेरी दर्ता नगरेको पीडितले बताएपछि प्रहरीमाथि दबाब परेको थियो ।

को हुन सिद्धबाबा?

बिना अक्सिजन ९ दिनसम्म भू–समाधिमा बसेका सिद्ध बाबा सकुशल बाहिर निस्केको भन्दै चर्चा बटुलेका थिए । २०७२ चैत २६ गते पोखराको रामघाटस्थित मन्दिरमा भू-समाधिमा बसेका उनलाई ९ दिनपछि बाहिर निकालिएपछि उनको चर्चा चलेको थियो।

यो विषयले राष्ट्रिय मात्रै होइन अन्तरराष्ट्रिय चर्चा पनि बटुलेको थियो । समाधिका लागि उनी ५ फिट लम्बाइ र ३ फिट चौडाइको काठको बाकसमा ९ दिनसम्म बसेका थिए । 

आफूले आफैंलाई सिद्ध बाबा स्वघोषित गर्ने श्री १००८ श्री डा. बैश्णव कृष्णदासको वास्तविक नाम कृष्ण बहादुर गिरी हो । सोलुको जुबुमा जन्मिएका कृष्ण बहादुर गिरी उर्फ कृष्णदास जी महाराजका माता पिता, दुई भाई र दुई बहिनी छन् । उनका दुई आमा छन् ।

उनी कान्छीतिरका जेठा छोरा हुन् । नाम परिवर्तन गर्नमा खपिप्स यी बाबा पोखरा पुगेर सिद्ध बाबाको नामले चर्चा बटुलेका व्यक्ति हुन् । 


प्रतिक्रिया दिनुहोस्