न्युयोर्क । अमेरिकामा २ सय बढि विद्यार्थी पक्राउ परेका छन् ।
अमेरिकाको अध्यागमन विभागले नक्कली विश्वविद्यालयमा भर्ना भएका २ सय ५० भन्दा बढिलाई पक्राउ गरेको हो ।
फार्मिंङन बिश्वबिद्यालय नामक किर्ते रुपमा दर्ता भएको विश्व विद्यालयबाट विद्यार्थीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय बिधार्थी धेरै छन् ।
पढाई सके पछि प्रवेशाज्ञाको म्याद गुज्रिए पछि अध्यागमन र प्रवेशाज्ञामा प्रपञ्च गरेकोले उनीहरुलाई धरपकड गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । २ सय ५० मध्ये ८० प्रतिसतले अमेरिका छोड्नु पर्ने थियो ।
जस मध्ये २० प्रतिसतले आधिकारिक देश छोड्नु पर्ने आदेश समेत प्राप्त गरेका र केहीले अमेरिकामा बस्न पाउने भनि अमेरिकी अदालतमा मुद्धा दाएर गरेका थिए ।