युक्रेनको दक्षिणी सहर नोभा काखोभ्का रुसको हातमाः युक्रेनी सञ्चारमाध्यम

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ४१


बीबीसी । युक्रेनको दक्षिणी सहर नोभा काखोभ्का रुसले नियन्त्रणमा लिएको युक्रेनी सञ्चारमाध्यमले बताएका छन्। सानो भए पनि डीनीपर नदीको किनारमा रहेको यो सहर क्राइमियानजिकै रहेको छ।

नोभा काखोभ्काका नगरप्रमुखले रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको बताएका छन्।

विज्ञहरूले रुसी आक्रमण अहिलेसम्म युक्रेनको दक्षिणतिर सबैभन्दा सफल रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्