व्याख्यात्मक घोषणासहित आजै एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ४७


काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर पर्खिने समय नभएकाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्