युक्रेन छाड्दै नेपाली

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : २९


काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै सम्पर्कमा आएका सबै नेपालीहरु सुरक्षित रहेको र केही नेपालीहरु युक्रेनसँग सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा प्रस्थान गरेको दूतावासले जनाएको छ ।

१५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस्तै अन्य २३ जना स्लोभाकिया जानका लागि र २ जना रोमानिया जानका लागि बाटोमा रहेको तथा एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेका छन् ।

रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ–आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् ।


प्रतिक्रिया दिनुहोस्