रुसी सेनाले भरिएको विमान आक्रमण गरी खसायौंः युक्रेन

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ११


किभ। रुसले युक्रेन कब्जा गर्ने हिसाबले लगातार आक्रमण गरिरहेको छ।

आज रुसी आक्रमणको तेस्रो दिन हो। किभमा रहेका विभिन्न क्षेत्रमा रुसी सेनाले क्षेप्यास्त्र हानेको भिडिओहरु सार्वजनिक भएका छन्।

आजसम्म रुसका ३५ सय रुसी सेना मारिएको युक्रेनले जनाएको छ।

यसबीचमा आजै रुसी सेनाले भरिएको विमानलाई आफूले खसाउन सफल भएको पनि युक्रेनले बताएको छ।

युक्रेनका रक्षा मन्त्रालयका अनुसार रुसी सेनाको आईएल–७६एमडी विमान आक्रमण गरी खसाइएको हो।

सो आक्रमणमा कति रुसी सेना मारिएको भनेर केही बताइएको छैन। यद्यपी सो विमानमा चालकदलका सदस्यसहित १६७ सैनिक बस्न सक्छन्।


प्रतिक्रिया दिनुहोस्