रुसी आक्रमणमा ३३ बालबालिकासहित १९८ युक्रेनी नागरिक मारिए

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : २४


किभ। रुसी आक्रमणमा हालसम्म १९८ नागरिक मारिएको युक्रेन सरकारले जनाएको छ।

मृत्यु हुनेमा ३३ बालबालिका पनि रहेको युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्याशकोले फेसबुकमा जनाएका छन्।

उनका अनुसार रुसी हमलामा हालसम्म ११ सय १५ सर्वसाधारण घाइते पनि भएका छन्।

आजै युक्रेनले ३५ सय रुसी सेना मारिएको दाबी गरेको छ। दुईसय रुसी सेनलाई बन्दी बनाएको पनि जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्