युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान दूतावासको अनुरोध

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ४८


काठमाडौं । बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई युक्रेनको सिमाना जोडिएका देशहरु स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान अनुरोध गरेको छ ।

शुक्रबार दूतावासले विज्ञप्ती जारी गर्दै ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि बोर्डर खुल्ला गरेको जानकारी दिंदै त्यसतर्फ जान अनुरोध गरेको हो ।

दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ । सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरुलाई युक्रेन छाडेर ती मुलुकहरुतर्फ जान दूतावासले अनुरोध गरेको हो ।

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

विज्ञप्ती


प्रतिक्रिया दिनुहोस्