अमेरिकन किशोरीसँग टिकटकले माफी माग्यो

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ०९


बेइजिङ । चिनिँया स्वामित्वको कम्पनी टिकटकले अमेरिकन एक किशोरीसँग माफी मागेको छ ।

१७ बर्षकी फिरोजा अजिजको एक भिडियो भाइरल भएपछि टिकटकले हटाएको थियो । आलोचना भएपछि टिकटकले माफी मागेको हो । 

अल्पसंख्यक वीगर मुस्लिम समुदायमाथि चीनको कु्र नीति विरुद्ध बोलेको उनको भिडियो चीनमा युवापिढीमाझ भाइरल बनेको थियो । आफ्नो भिडियो टिकटकले हटाएको जानकारी उनले ट्विटरबाट दिएकी थिइन् । 

मुस्लिम समुदायका लागि चीनको नीतिप्रति आलोचना हुने गरेको छ । 

वीगरहरु चीनको शिनजियाङ प्रान्तको पश्चिमी क्षेत्रमा बसोबास गर्ने चीनका अल्पसंख्यक मुसलमान हुन् । 

केही वर्षअघि त्यो क्षेत्रका केही मानिसहरुको संलग्नतामा चीनका प्रमुख सहरहरुमा उग्रवादी हमला भएपछि चिनिँया सरकारले यो समुदायमाथि निक्कै कडा निगरानी राखिरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस्