भरतपुर । चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल भेटिएको घटनामा पक्राउ परेका सुरक्षागार्ड रिहा भएका छन् ।
कलेजको उत्तरपूर्वी कम्पाउन्डमा फेला परेको पेस्तोलका विषयमा अनुसन्धान गर्न प्रहराीले ६ जना गार्डलाई पक्राउ गरेको थियो ।
उनीहरुबाट कुनै सुचना नआएपछि छुटेको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी हुनसक्ने भन्दै गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विद्यार्थीहरुले चितवनमा बृहत प्रदर्शन राखेको अघिल्लो साँझ कलेजमा पेस्तोल भेटिएको थियो । विद्यार्थीहरुले आन्दोलन दबाउन कलेज प्रशासन र प्रहरीको मिलेमतोमा पेस्तोल राखिएको आरोप लगाएका छन् ।